अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फाल्गुण ६ गते
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा सोमवारदेखि विधिवत् रुपमा सुरु भएको हो । मंगलवार कल्याणेश्वरका लागि प्रस्थान गरेको थियो ।
बुधवार भारतको गिरिजास्थान पुग्नेछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गर्नेछ ।
परिक्रमामा सहभागी क्रमशः फूलहर (गीर्जास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।