आज – ०६ फाल्गुण २०८२ बुधवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, फाल्गुण ६ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ। अरुको कुरामा विशेष ध्यान नदिनु होला । तपाईको मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झड पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला ।

बृष (बाबिबुबेबो)#Taurus :

ब्यापार ब्यवसायको निम्ति उत्तम समय रहेको छ । तपाईको निर्णय गर्ने क्षामतामा बृद्धि हुने योग छ । मित्रजनहरुबाट सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । आज तपाईको सामान्य यात्रा हुन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिथुन (काकिकुकेको)#Gemini:

अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । तपाईलाई आज स्वास्थ्य सम्बन्धि समस्याले सताउला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । मित्र जनको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी गर्दा मन प्रशन्न रहला। तपाईको मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन। अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक  सहयोगबाट काममा विशेष फाईदा हुनेछ। तपाईको दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भावना रहेको छ ।

कन्या (टोपिपुपेपो)#Virgo :

खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आज दाजुभाई बिचको सहयोग प्राप्त हुनेछ । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ ।

तुला (रिरुरेरोतातितुते)#Libra :

मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको सहयोग राम्रो प्राप्त हुने योग छ । खानपानमा विशेष रुची रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार हुने। सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट पर्ला । तपाईको आँट र शाहासको बृद्धि हुनेछ। ब्यापार ब्यवसायमा आज सामान्य ढिलाईको सम्भावना रहेको छ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

विश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला आई पर्न सक्छ । तपाईको कुराकाट्ने ब्यक्तिहरुको कारण सामान्य चिन्ता बढ्न सक्छ। दाम्पति बिच सामान्य कलह रहने सम्भावना छ । आज तपाईको आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

मित्रजनहरुबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । गैर-ब्यक्तिको पूर्ण विश्वास नर्गनु राम्रो हुनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ। परीवारको कोहि सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको छ। कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहेको छ ।

मीन (दिदुदेदोचि)#Pisces :

मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधनको प्रयोग गर्दा आज विशेष ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले तपाईको कार्य सहज बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *