एसईई (SEE) परीक्षा आजदेखि सुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र १९ गते

एसईई(SEE) परीक्षा आजदेखि सुरु भएको छ ।

यस वर्ष एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिइरहेका छन् ।

यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन् ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।

यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुने छ ।

२५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *