समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह सम्म उम्मेदवारी फिर्ता लिन सक्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष २८ गते

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज  बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *