सिरहामा फल फुल बाटेर मनायो गिरिजाको ९६ औं जन्म जयन्ती

अनलाईन न्युजपाटी ,महेश सिंह, सिरहा,समाचारदाता, असार १९  गते

नेपाल सरकारको  पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति सिरहाको लहानमा मनाएको छ l सिरहाको लहान स्थित रहेको लहान अस्पताल र फ्रेन्डस मोडेल अस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफूल बाटेर गिरिजा जयन्ती मनाएको हो।

बि.स. १९८१ मा स्व कृष्णप्रसाद कोइराला र  दिब्या कोइरालाका कान्छा छोराका रुपमा जन्मिएका कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेर गिरिजाप्रसाद कोइरालाले १० वर्षे जनयुद्धमा रहेको तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर ५ पटक सम्म प्रधानमन्त्री बनेका कोइरालाले माओवादीलाई हिंसाको राजनीति अन्त्य गरी शान्ति प्रक्रियामा ल्याएर  संविधान निर्माणका लागि काम गर्दा गर्दै उनको २०६६ साल चैत्र ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

जि.पी.कोइराला  फाउन्डेसनको अध्यक्ष संजिप उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।अस्पताल भित्र भर्ना रहेका ३८ जना बिरामीहरुलाई ,फलफूल वितरण गरेका छन्।कार्यक्रम को प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ को क्षेत्री सभापति अछ्मित लाल चौधरी रहनु भएको थियो ,भने  बिशिस्ट अतिथि प्रदेश नम्बर २ ( क ) को प्रदेश संयोजक सन्तोष उपाद्य्याय , सिरहा क्षेत्र नम्बर १ ,क ,को प्रदेश सभा सदस्यको प्रत्यासी संतोष चौधरी ,नेपाली काङ्ग्रेसको महासमिति सदस्य राम गणेश दास , ने.बि संघको जिल्ला सभापति सितल प्रसाद चौधरी युवा नेता पपु यादव ,संजय यादव , मुकेश महतो ,राम कृष्ण यादव ,सुदिप महतो ,पना लाल दास लगायतका दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुको  सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो ।

आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिमा बिताएका कोइरालाको राजनैतीक जीवनको सुरुवात भने आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रुपबाट सुरु भएको चर्चा गरिएको थियो । २००४ सालमा कोइरालाले स्थापना गरेको नेपाल मजदुर काँग्रेसपछि नेपाल ट्रेड यूनियन काँग्रेसको रुपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहनु भएको थियो ।

निर्वासित जीवन बिताइरहेका कोइराला २०३५ सालमा नेपाल फर्किए । पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गराउनु भएको थिए।२०४६ सालको जनआन्दोलनमा कोइराला सक्रिय रुपमा सहभागी भएका थिए । २०६२/०६३ को दोश्रो जनआन्दोलनमा सात दलका नेताहरुको नेतृत्व गर्दै जनान्दोलन सफल भए पछि प्रतिनिधि सभा पुनर्बहाली भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *