हिंदी फिल्म जगतको प्रसिद्ध कोरियोग्राफर सरोज खानको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार १९ गते

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ।

हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको विहिबार राति मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन ।

७२ बर्षिया खानलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।
नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले पछिल्लो समय करन जोहर निर्मित ‘कंलक’  सिनेमाको  ‘ तबाह हो गई’ गीतको भिडियोमा कोरियोग्राफी गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *