गण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए १३ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २६  गते।

गण्डकी प्रदेशमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शुक्रबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका थप १३  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार बिहान तनहुँमा ८, बाग्लुङमा १, पर्वतमा १, पूर्वी नवलपरासीमा २ र गोरखामा एक गरी १३ जनामा  कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११६२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *