आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, आषाढ ३० गते

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेकोछ । 

सोमबार सुन तोलामा २ लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *