सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर ९ गते

आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *