आज २०८३ मङ्सिर ३ गतेको राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता,मङ्सिर ३ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:

दिन राम्रो छ । स्वास्थ्यमा भने समस्या आउन सक्छ । अग्रजको सल्लाहमा गरेको काममा फाइदा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :

दिन सामान्य छ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:

दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :

दिन राम्रो छ । परिवारमा मेलमिलापको वातावरण बन्नेछ । विदेशी लगानी फस्टाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :             

मन अशान्त बन्ने जोखिम छ । राम्रो काम गरे पनि तपाईंमाथि खराब आरोप लाग्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  #Virgo :

व्यापारमा घाटा हुनेछ । नाफा कमाउन थप मिहिनेत गर्नुपर्ने दिन छ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :

दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । तपाईंको कामको प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:

दिन सामान्य छ । परिवारको साथ सहयोग मिल्ने छ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :

दिन राम्रो छ । परिवारको सहयोगमा गरेको काममा सफलता मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :

दिन राम्रो छ । आम्दानी बढ्ने छ । लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्ने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:

दिन राम्रो छ । मन शान्त बन्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

दिन सामान्य छ । सानातिना कुराले मनमा तनाव बढ्ने छ । आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *