सामा चकेवा पर्व आज राति विसर्जन गरिदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मंसिर ८ गते

सामा चकेवा पर्व आज राति विसर्जन गरिदै छ।

कात्तिक पञ्चमीका दिन सुरु भएको यो पर्व १० दिनसम्म मनाइने परम्परा छ।पर्वको पहिलो दिन दिदीबहिनीहरूले दाजुभाइबाट माटो खनेर ल्याई सामा चकेवा बनाउने, त्यसलाई रङगिचङ्गी रंग्याउने र रातो रङको बाँसको डालामा राखी गाउँका चोक, चौबाटो, विद्यालय, मन्दिर र छठघाटमा गीत र नाचसहित घुमाएर खेल्ने गरिन्छ।आज एघारौँ दिन दिदीबहिनीहरूले विगतका रातमा खेलिएका सामा चकेवाहरूलाई पुनः मर्मत गरी दही–चिउरा खुवाउने, दाजुभाइको हातबाट ‘फाँर’ भराइदिने र दाजुभाइबाट नै सामा चकेवा फुटाइने चलन छ।

यो खेल होइन, संस्कार हो, विशेषगरी सन्तान र सम्बन्धबीचको स्नेह र समर्पणको सम्झना गराउने सामा चकेवा पर्व तराई–मधेसका चेलीबेटीहरूको मनमा विशेष स्थान राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *