भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुग्यो

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मङ्सिर ८ गते

भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र साह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीद्वयले भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेपछि उत्तर प्रदेशको अयोध्या क्यान्ट स्टेसनबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भिडियो कन्फरेन्समार्फत ताली बजाउँदै रेललाई बिदाइ गरेका थिए ।

उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम आइपुगेको हो । रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *