कैलालीमा आइएमईको ढोका फोडेर ६ लाख नगद चोरी

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, असार २६  गते।

कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा पर्ने अत्तरिया-महेन्द्रनगर रोडमा रहेको आइएमईमा चोरी भएको छ। आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका छन्।

सीसीटीभी फुटेजमार्फत प्रहरीले चोरीमा संलग्न व्यक्तिको बारेमा पत्ता लगाइ सकेको छ। फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखिन्छन्। आइएमई अत्तरिया शाखाका सञ्चालक तनुज जोशीले पसलको पछाडिबाट ढोका तोडेर चोरी भएको बताए। उनले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको बताए।

जोशीले भने, ‘सबै कुरा थाहा पाएको व्यक्ति नै यसमा संलग्न भएको देखिन्छ, ढोका ताला फोडेर भित्र गएको छ।’

चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *