मास्क लगाएर पहिलो पटक अमेरिकी राष्ट्रपति ट्रम्प सार्वजनिक रुपमा देखा पर्यो …………

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार २८ गते

अमेरिकी राष्ट्रपतिले सार्वजनिक रुपमा फ़ेस मास्क लगाएको यो पहिलो पटक हो। ट्रम्पले वाशिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमणका क्रममा घाइते सैनिक र स्वास्थ्यकर्मीहरू संग भेट वार्ता गरेका थिए।

ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरिसकेका छन्।

शनिबार व्हाइट हाउस बाहिर निस्किने बेलामा ट्रम्पले मास्क लगाएका थिए। उनले भने कि अस्पतालमा जहाँ तपाई धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनु पर्ने हुन्छ।

ट्रम्पले भने, “म कहिले मास्क लगाउनको विरुद्ध भएन। तर मलाई लाग्छ कि हरेक चीजको समय र ठाउँ हुन्छ।” कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *