बलिवुड महानायक अमिताभ बचन र अभिषेक बचनमा कोरोना संक्रमणको पुष्टि

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार २८ गते

लिवुड महानायक अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।

तर उहाँका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।

हाँहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ । र अभिषेकले ट्वीटमा लेखे हामीमा सामान्य खालको लक्षण देखिएको जनाउनु भएको छ । अमिताभले उहाँसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *