कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २७  गते      ।

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। 

सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको असार २५ गते मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए।

यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको हो। उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिर्गौला रोगबाट पीडित थिए। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *