अमिताभ-अभिषेक पछि ऐश्वर्या र आराध्याको पनि कोरोना संक्रमणको पुष्टि, जया बच्चन नेगेटिव

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार २८ गते

ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना टेस्ट पनि पोजेटिभ आएको छ।

अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना पोजेटिभमा आएपछि अब ऐश्वर्या राई बच्चन पनि कोरोना भएकी छिन्। भर्खर प्राप्त समाचार अनुसार ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना टेस्ट पनि पोजेटिभ आएको छ।

ऐश्वर्या राई बच्चन, आराध्या र जया बच्चनको शनिबार राति कोरोना परीक्षण परिणाम  नेगेटिव आएको थियो। यस पछि, यी तीन जनाको  परीक्षण आइतवार दोहोर्याइएर कोरोना परीक्षण गर्दा जसमा ऐश्वर्या र आराध्याको टेस्ट पोजेटिभ आएको थियो। जया बच्चन अझै पनी नेगेटिव छन्। आइतबार बिहान अमिताभको बंगला जलसालाई बीएमसीले सरसफाई गरेको छ।

ऐश्वर्या र आराध्या  घरमा क्वारेन्टाइन रहनेछन् वा उनीहरूलाई अस्पतालमा भर्ना गरिनेछ कि भनेर अझै खुलाइएको छैन।

हाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले यसको पुष्टि गर्नुभयो। उनले ट्वीट गरे- ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोना पोजेटिभ छन्। श्रीमती जया बच्चनको कोरोना रिपोर्ट नकारात्मक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *