अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता, साउन २ गते।
सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ ।बिहीबार राति करिब १२ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीटंकीमा गोली हानाहान भएको हो ।
देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा भएको घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका २ का २३ वर्षिय पिन्टु यादव र ३२ वर्षिय राजेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार दुवैलाई तीघ्रा र घुँडामा गोली लागेको छ। उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
घटना स्थलबाट अटोमेटिक युएसए लेखिएको पेस्तोल एउटा, गोली छ राउण्ड, २ थान म्यागजिन बरामद भएको छ । त्यस्तै बिआर ३८ भि ३५२८ र अन टेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद भएको छ ।