अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १३ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या १३,८७५ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।