अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन १३ गते
कपिलवस्तुमा कोभिड १९ थप ३४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ । शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला हुनुहुन्छ ।

जस मध्ये १२ जना भारत, ४ जना दुबई , २ जना साउदी अरेबिया , ३ जना कतारदेखि आउनु भयको हो र बाकी १३ जना समुदायको हुनुहुन्छ ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षणगरिएको हो ।