अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन १३ गते
सशस्त्र प्रहरी बल कृष्णनगरले अवैद्य कुखुराको चल्ला बरामद गरेको छ । नायब निरिक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको मोबाइल टोलीले भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको ५ हजार ९ सय ८१ चल्ला कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट बरामद गरि सशस्त्र प्रहरी गुल्म नं ३९ को परिसरमा खाल्डो खनि नष्ट गरिएको सशस्त्र प्रहरी बल ३९ गुल्मका गुल्मपति सुशील कुमार शाहीले जानकारी दिएका छन ।
चल्लाको अनुमानित मुल्य ४ लाख ४८ हजार ५ सय ७५ रुपैया रहेको गुल्मका गुल्मपति सुसिल कुमार शाहीले जानकारी दिएका छन्।
बरामद गरिएको कुखुराको चल्ला क्वारेनटाइनका प्रतिनिधि , भद्र भलादमी , सशस्त्र प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको सशस्त्र प्रहरी बल ३९ गुल्मका गुल्मपति सुशील कुमार शाहीले जानकारी दिएका छन ।