अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १३ गते
अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा प्रहरीले झापाबाट ठूलो परिणामको सुपारी बरामद गरेको छ । प्रहरीले एक हजार चार सय ७० किलो अवैध सुपारीसहित बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो ।
बरामद सुपारीको अन्दाजी मूल्य साढे ४ लाख छ ।सुपारी धनी भने पक्राउ नपरेको प्रहरीको भनाइ छ ।