अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १० गते
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा आज राति १२ बजेपछि सकिँदैथियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको तीन जिल्ला काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो ।
बुधबार बिहानै काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकबाट निषेधाज्ञा एक साता थप्ने निर्णय भएको हो ।
अब भदौ १७ गते रातको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ । उपत्यकामा सङ्क्रमणको दर बढेसँगै निषेधाज्ञासमेत भदौ १७ गतेसम्म बढाइएको हो ।