गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १० गते

गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ ।सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका संक्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताइन्छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशमा संक्रमित एक हजार ९४५ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *