अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज ९ गते
सशस्त्र प्रहरी बल बिओपी अलौले चेकजाच् को क्रममा भारतवाट ल्याएको ट्रक र १४ वटा भैंसी लाई पक्राउ गरि नियन्त्रणमा लिएको छ।
बिश्वभरी फैलिएको माहामारिको बेला तस्करहरुलेविभिन्न नाका बाट्तस्करी गरेको पाएपछि विशेष सुचना को अधारमा सशस्त्र प्रहरी बल बिओपी अलौको चेकप्वाईट मा टोलीले विभिन्न गाडी सवारीसाधनहरुलाई चेकजाँचगर्ने क्रममा १४ वटा भेैसी लोड गरि आउदै गरेको ना२ख ९६८४ नम्बरको ट्रक पक्राउ गरेको सशस्त्र प्रहरी बल बोओपी अलौका प्रहरी निरीक्षक ईश्वर अधिकारीले बताएका छन ।
उक्त पक्राउ परेको ट्रक र भैंसी को मूल्य ३२लाख ९२ हजार रहेको सशस्त्र प्रहरी बल बिओपी अलौले जनाएको छ।
भैसी सहित ट्रक वीरगंज भन्सारकार्य बुझाएको सशस्त्रप्रहरी बल बिओपी अलौका प्रमुख ईशवर अधिकारीले बताए।