अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, असोज ८ गते
विराटचोकमा रहेका फलफूल र तरकारी पसलमा बुधबारराति अचानक आगलागी भएको छ ।
फलफूल र तरकारीको गोदामनै रहेको घरमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले विद्युत सर्ट भएर घटना भएको हुन सक्ने आशंका गरे पनि आगलागीको कारण खुलिसकेको छैन । ढकालका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
मन्दिरा न्यौपानेको ए–वान खाजा घर, अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समीर स्टाफ होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो । त्यतिबेला आगलागी भएकै छेउमा रहेको फुलफूल र तरकारी पसलमा पुनः घटना भएको प्रहरीले जनाएको छ ।