अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ८ गते
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ ।
बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।
सडक अबरुद्ध भएसंगै गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । यसबर्ष मात्रै सो सडकखण्डमा दर्जनौ पटक पहिरोले सडक अबरुद्ध भएको छ ।