आइपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १२ गते

युएईमा जारी आइपीएलमा टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको हो ।

गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।

पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *