विश्वभरमा १० लाख भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १२ गते

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख दुई हजार ३८३पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ ।

विश्वमा एकै दिनमा दुई लाख ५० हजार चार सय ६० नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ३३ लाख ३ हजार २९० पुगेको छ ।

संक्रमितमध्ये दुई करोड ४६ लाख ३४ हजार २६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७६ लाख ७४ हजार एक सय ९४ जना उपचाररत रहेकोमा ६५ हजार तीन सय ३७ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *