राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १३ गते

राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदैछ। बहस मंगलबार राति ९ बजे ‘नेपाली समयअनुसार बुधबार बिहान ७:४५ बजे’ हुनेछ।

चुनाव प्रचारको अन्तिम दौडम रहेका उनीहरुबीच तीन चरणको बहस हुनेछ। दोस्रो बहस १५ र तेस्रो २२ अक्टोबरमा हुनेछ। अमेरिकी राष्ट्रपति पदको निर्वाचन ३ नोभेम्बरमा हुनेछ। ट्रम्प रिपब्लिकन र बाइडेन डेमोक्र्याट उम्मेद्वार हुन्।

कोरोना भाइरस महामारीका कारण यो वर्षको बहस केही फरक हुनेछ। यसपटक बहसका सहजकर्ता एक जना मात्र हुने छन्। ‘प्यानालिस्ट’ हुने छैनन्।

सीएनएनका अनुसार बहसकर्ता र सहजकर्ताले मास्क लगाउने छैनन्। तर, हात मिलाउने ऐतिहासिक परम्परा यसपटक हुने छैन। ट्रम्पकी पत्नी मेलानिया र छोरी इवान्का दर्शकको सिटमा बस्न पाउने छन्। बहस केस वेस्टर्न रिजर्व विश्वविद्यालय ओहायोमा हुनेछ। बहस ९० मिनेटको हुनेछ। बीचमा विश्राम हुने छैन।

पहिलो बहस ६ वटा मुद्दामा केन्द्रित हुने जनाइएको छ। यसपटक दुवै उम्मेद्वारको विगत, सर्वोच्च अदालत, कोरोना भाइरस, अर्थतन्त्र, नस्लवादी हिंसा र चुनावी निष्ठामाथि बहस हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *