अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते
इटहरी उपमहानगरपालिका ३ दिनका लागि बन्द हुने भएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि इटहरी उपमहानगरपालिका ३ दिन बन्द हुने भएको हो।

केही दिन अघि गरिएको परीक्षणमा कार्यालयका प्रशासकीय अधिकृतलाई कोरोना देखिएपछि उनका नजिक रहेका कर्मचारी, सेवाग्राहीको पनि कन्ट्रयाक ट्रेसिङ्ग गर्नु पर्ने भएकाले उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरले असोज १६ गतेबाट १८ गते सम्म उपमहानगरपालिका र २० वटै कार्यालयको सबै काम ठप्प रहने छन् ।