बैतडीबाट १० किलो चरेशसहित १ जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर १९ गते

दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। 

पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *