अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १९ गते

कोरोना भाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

त्यस्तै, मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ ।

कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको तर बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *