अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २४ गते ।
भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् । ३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् ।

सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका पटेलले टेस्ट, वान डे र टी ट्वान्टी सबै फर्म्याटबाट सन्यास लिएका हुन्।
पटेल सबैभन्दा कम उमेरमा विकेटकिपर समेत बनेका थिए।
उनले सन् २०१८ मा दक्षिण अफ्रिकासँग अन्तिम टेस्ट खेल र सन् २०१२ मा श्रीलंकाविरुद्ध अन्तिम वन डे खेलेका थिए।