आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २५ गते।

जल तथा मौसम बिभागका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ |

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *