कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर २८ गते।

कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीले ११ वर्ष जेल सजाय सुनाएका जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका–५ का दीर्घबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकले कामीलाई भजनी क्षेत्रबाटै पक्राउ गरी अदालतमा बुझाइएको बताए। 

उनका अनुसार  २०७४ मंसिर २४ गते जिल्ला अदालत कैलालीले ११ बर्ष कैद सजाय सुनाएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *