आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ । 

हाल प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा   आंशिक बदली रहने छ।

राती:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ। 

तराईका अधिकांश  भु-भागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु  हुन सबैमा अनुरोध छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *