अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २९ गते।
दाङमा गुडिरहेको यात्रुबहाक बसमा आज बिहानै आगलागी भएको छ ।
बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ ।
गाडीमा १५/१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।