अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।
यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अवैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशाल र सुनिललाई शनिबार राति चेकजाँच गर्दा उनीहरुको साथबाट १२ पिस यार्सागुम्बा बरामद गरेको थियो ।
प्रहरीले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि डिभिजन वन कार्यालय शात्तिसारको जिम्मा लगाएको छ ।