अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान भोलिदेखि सुरु हुने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २८ गते ।

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुने भएको छ। 

फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको थियो।

खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पुर्‍याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *