अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ८ गते।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९९ हजार ३०८पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ सय १ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ४६ हजार ४७६ पुगेको छ ।