कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ८ गते।

कालीगण्डकी करिडोरमा प्रयोग हुँदै आएको ट्रक भिरबाट खस्दा ३ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ को भोक्राेफाट भन्ने ठाउँको भिरबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको थियो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको गैंडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। उनकाअनुसार सडकबाट करिब १०० मिटरको दूरीमा ट्रकबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो।

मृतकको परिचय खुलिसकेको छैन। कम्पनीका कामदारका अनुसार दुर्घटना बिहानै भएको आशंका गरिएको छ। बिहान ८ बजेमात्रै घटनाका बारेमा थाहा भएको थियो। ट्रक उकालोमा ब्याक भई खसेको आशंका गरिएको छ। घटनाको बारेमा जानकारी पाएपछि प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *