पत्रकार विद्यार्थी संगठनको प्रथम भेला आयोजक समिति गठन

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, पुस ११ गते।

पत्रकार विद्यार्थी संगठन,कपिलवस्तुको आज सम्पन्न दोस्रो बैठकले राधा पाण्डेको संयोजकत्वमा कपिलवस्तु जिल्लाको भेला गर्ने भएको छ । उक्त बैठक २०७७ माघ १७ गते शनिबार गर्ने गरि मिति तय गरेको छ । संगठनको निर्देशित केन्द्रीय अभियान अन्तर्गत उक्त बैठक बसेको थियो ।

संगठनका जिल्ला संयोजक राधा पाण्डेको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय भेला आयोजक समिति निर्माण गरि संगठनको व्यापक सदस्यता वितरण गर्ने,पत्रकारिता माथिको सिण्डिगेट अन्त्य गर्न संघर्ष गर्ने,प्रावि तहबाटै पत्रकारिताको पाठ्यक्रम निर्माण गरि अध्यापन गराउन सरकार संग माग गर्ने,श्रमजीवी पत्रिकारिता तथा राष्ट्रिय भावनाबाट ओतप्रोत पत्रकारितालाई तेजिलो पार्न पनि संघर्ष गर्ने निर्यण गरेको छ ।

 साथै संगठनको यस निति तथा कार्यक्रममा सहमत हुने,पत्रिकारिता पढ्दै गरेका,पत्रकारिता सिक्न चाहाने/सिक्दै गरेका,पत्रकारिता पढ्न पाउनुपर्छ भनेर आवाज वुलन्द गर्ने सम्पूर्णलाई संगठित हुन पनि आह्वान गरेको छ । साथै संगठनले सहयोगात्मक रचनात्मक कार्यक्रम गर्ने निर्यण पनि गरेको छ । उक्त बैठकमा संगठनका अभियन्ता तथा केन्द्रीय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 उक्त वैठकमा संगठनका अध्यक्ष गैरेले संगठन नीति तथा कार्यक्रम अनुरुप लाग्न निर्देशन पनि गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *