आज थप छ सय ५९ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८ सय ४०पुग्यो

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १३ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप छ सय ५९ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ५८ हजार ८ सय ४०पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ५३,८९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८३२ जनाको मृत्यु दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *