समाजिक सुरक्षा भता वितरण न गर्दा जसपाद्धारा पर्साको जिराभवानी गाउँपालिकामा ज्ञापन पत्र

अनलाईन न्युजपाटी  मेघराज राय जीराभवानी ,समाचारदाता,पुस १३ गते।

जसपाद्वारा पर्साको जिराभवानी गाउँपालिकाको शिक्षा शाखा प्रमुख जितेन्द्र मिश्रालाई ज्ञापन पत्र बुझाएको छ । लामो समय देखि गाउँपालिकाले समाजिक सुरक्षा भत्ता, एकल महिला भत्ता बितरण नगरेको भन्दै जसपाका युवा नेता नेसार समानीको नेतृत्वमा गएको टोलिले चाडोभन्दा चाडो भत्ता बितरण गर्नको लागि ज्ञापन पत्र बुझाएको हो ।गाउँपालिकामा अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उषा देवि थरुनी र प्रशासकीय अधिकृत प्राण मेहता काम विशेषले बाहिर भएकोले शिक्षा शाखा प्रमुख जितेन्द्र मिश्रालाई ज्ञापन पत्र बुझाइएको युवा नेता समानीले जानकारी दिनुभयो ।

चाडपर्वलाई मध्यनजर गर्दै अघिल्ला वर्षहरूमा पहिलो चौमासिकको दशैंअगावै र दशैंपछि भत्ता वितरण भएपनि अहिले चाडपर्व बितेर पहिलो चौमासिकको एक महीना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन। भत्ता वितरण नहुँदा अहिले पालिका र वडा कार्यालयमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलगायतका व्यक्तिहरू धाउने गरेको एकजना वडा सचिवले बताए ।

ज्ञापन बुझाएको हो यश बिषयमा गाउँपालीका अधिकृत प्राण मेहता सङ्ग बुझ्दा आउदो हप्ता भित्रमा सबै वडाहरुमा समाजिक सुरक्षा भता र एकल महिला भता बितरण भैसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *