अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस १५ गते।
धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँकरलाई सोही भारतीय ट्रकमा ठोक्कि दुर्घटना भएको हो ।
कार्यालयका अनुसार दुर्घटनामा ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० वर्षीय रगीला कुमारको मृत्यू भएको हो ।
दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव र भारतीय ट्रकका सहचालक पनि दबै गम्भिर घाइते भएका छन् । घाइते मध्ये यादवलाई उपचारका लागि विराटनगर लगिएको छ भने ,भारतीय ट्रकका सहचालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।