अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १५ गते।
नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।
चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
बालुवाटारस्थित दूतावासअगाडि विरोध प्रदर्शनमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिएर मालीगाउँमा राखिएको शिजर भट्टले जानकारी दिए ।