‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारका लागि आज भारतको मुम्बई जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २० गते।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। 

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *