कालीकोटबाट ठूलो परिमाणमा खरखजानासहित विप्लव समुहका २ जना कार्यकर्ता पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २० गते।

ठूलो परिमाणमा खरखजानासहित कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट विप्लव समुहका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीको नेतृत्वमा खटिएको टोलिले लुकाई छिपाई राखेको विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।

हतियार र बम बनाउने सामान सहित पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *