आज थप ४२१ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुईलाख ६१ हजार ८५९पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४२१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुईलाख ६१ हजार ८५९पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ५४ हजार ४९४ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *